लाइफ केयरमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियु) सञ्चालन

‘नवजात शिशु अकालमा मर्न पर्दैन’

नारायण भण्डारी

तुलसीपुर ।
राप्ती लाइफ केयर हस्पिटल प्रा.लि. तुलसीपुरले शिशु सघन उपचार कक्ष (एनआइसियु) सञ्चालनमा ल्याएको छ । अस्पतालले आफ्नो ११ औं बार्षिक उत्सवका अवसरमा बिहिबार देखि सो सेवा सुरु गरेको हो । ४० लाखको लागतमा अत्याधुनिक मेसिन तथा औजार खरिद गरेर एनआइसियु सेवा सुरु गरेको अस्पताल प्रशासन प्रमुख जीवन भण्डारीले जानकारी दिए ।

सेवाको बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो । प्रालिका अध्यक्ष तारस थापा, बरिष्ठ सल्लाहकार खगेन्द्र पोख्रेल र बाल रोग बिशेषज्ञ डा.योगराज शर्माले रिवन काटेर एनआइसियु सेवाको उद्घाटन गरेका हुन् ।

एनआइसियु सेवाको रिवन काटेर उद्घाटन गर्दै

कार्यक्रममा प्रालिका अध्यक्ष तारस थापाले अस्पतालले हरेक बर्ष नयाँ सेवा थप्दै गएको र यो बर्ष एनआइसियु सेवा सुरु गरेको बताए । यस्तै बरिष्ठ सल्लाहकार खगेन्द्र पोख्रेलले प्रा.लि.ले दशैं पछि अर्थो सर्जन सेवा सुरु गर्ने तयारी गरेको जानकारी दिए । कार्यक्रममा बाल रोग बिशेषज्ञ डा. योगराज शर्माले एनआइसियु सेवाले नवजात शिशुको जीवन शुरक्षित बनाउने बताए । उनले एनआइसियु सेवाको अभावमा धेरै शिशु अकालमै ज्यान गुमाउन बाध्य भएको भन्दै तुलसीपुरमा सुरु गरिएको यो सेवाले राप्तीका पाँचै जिल्लाका नवजात शिशुको जीवन रक्षा गर्न मद्दत पुग्ने बताए ।

बाल रोग बिशेषज्ञ डा. शर्मा सेवाको बारेमा जानकरी दिंदै

अस्पतालको एनआइसियु कक्षमा तीन वटा मोनिटर सहितको र दुईवटा फोटो थेरापी सहितको गरी पाँचवटा बेड रहेका छन् । यस अघि तुलसीपुरकै तुलसी बाल अस्पतालले यो सेवा सुरु गरेपनि बिरामीको चाँप बढि हुँदा एनआइसियुमा राख्नु पर्ने दाङ सहित राप्तीका अन्य जिल्लाका नवजात शिशुलाई नेपालगञ्ज वा बुटलव लैजानुपर्ने बाध्यता थियो ।

राप्ती लाइफ केयर हस्पिटलले मातृ शुरक्षा कार्यक्रम सञ्चालन गर्न समेत अनुपति प्राप्त गरेको छ । सो सेवा सञ्चालनका लागि तयारी भइरहेको र दशैं लगत्तै सेवा सुरु गरिने अस्पतालका प्रबन्धक हरि रिजालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : बिहिवार, आश्विन ०५, २०७४ समय : १६:०३:३२ 57 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi