एकल महिलाहरुको मुख्य समस्या नागरिकता

शव्द/तस्वीर : वर्षा शाह

काठमाडौं । एकल महिलाहरुको मुख्य समस्या नागरिता रहेको छ । अक्सपानको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूहले आयोजना गरेको जनचेतना कार्यक्रममा संखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले एकल महिलाका मुख्य समस्या भनेकै नागरिता भएको बताए ।

मेयर श्रेष्ठले भने, “एकल महिलालाई नागरिता बनाउन निकै समस्या हुँदै आएको छ । हामीले सिफारिस त गरिदिन्छौं तर कारणबश उहाँहरुले पाउनु हुँदैन ।” त्यसमा कतिपय समयमा महिलाले खुलेर कुरा राख्न नसक्नु त कुनै बेला अनावश्यक दुःख दिने गरेको मेयर श्रेष्ठले बताए ।

उपमेयर शुक्रलक्ष्मी श्रेष्ठले महिलाका लागि नगरपालिकाले सधै सहयोग गर्ने बताइन् । उनले भनिन्, “तालिम मात्र होइन, त्यसलाई व्यवसाय पनि बनाउन आर्थिक सहयोगको लागि हामीले एउटा कोष स्थापना गरेका छौं । समूह बनाएर आउनुस् । हामी सहयोग गर्छौं ।”

यसैगरी मानव अधिकारका लागि महिला, एकल महिला समूहकी महासचिव कुन्दा शर्माले महिलाले नागरिताले गर्दा धेरै कुराबाट बन्चित हुनुपरेको बताइन् । उनले भनिन्, “नागरिकता के कसरी पाइन्छ भनेर आफूले पनि बुझनु अनि अरुलाई पनि बुझाउनु पर्ने आवश्यकता छ । यहाँ नागरिता भएन भने श्रीमानको सम्पतिमा हामीले आफ्नो हक जताउन पाउँदैनौं । नागरिता भनेको निकै आवश्यक कुरा हो । महिला र एकल महिलालाई नागरिकताका कारणले विभिन्न समस्या आउने गरेका छन् । त्यसरी आउने समस्यालाई समाधान गर्ने तपाईका साथमा हामी सधै रहने छौ ।”

शंखरापुर नगरपालिकामा गरिएको त्यस कार्यक्रममा महिला दिदीबहिनीले विभिन्न सामानका स्टल पनि राखेका थिए । त्यस अवसरमा जनचेतनामूलक नाटक पनि देखाइएको थियो ।

प्रकाशित मिति : सोमवार, आश्विन ०२, २०७४ समय : २१:०५:१३ 153 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi