तुलसीपुर उपमहानगरका प्रमुखको प्रेस संयोजकमा बसन्तविवश

पहिलोपेज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रेस संयोजकमा पत्रकार बसन्तविवश आचार्य चयन भएका छन् । प्रमुख पाण्डेको अध्यक्षतामा बसेको उमहानगरपालिकाको ११ औ कार्यपालिका बैठकले उनलाई प्रेस संयोजकको जिम्मेवारी तोकेको हो ।

बैठकले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषणभत्ता कार्यविधि २०७४ पारित गरेको छ । यसअघि प्रमुख पाण्डेले घोषणा गरेअनुसार अब सुत्केरीले ५ हजार प्रोत्साहन भत्ता पाउने बाटो खुलेको छ । २०७४ साउन १ गतेदेखि यो कार्यविधि लागू हुने बताइएको छ ।

त्यसैगरी बैठकले योजना जाँचपास तथा फरफारक समिति उपमेयर माया आचार्यको संयोजकत्वमा गठन गरेको छ । उक्त समितिमा सदस्यहरु देवराज विक, अमर नेपाली, दीपक कुमाल, सुशीला बुढाथोकी, सम्वन्धित वडाको वडाध्यक्ष पदेन सदस्य रहने भएका छन् । यसको सदस्य सचिवमा कार्यकारी अधिकृत रहने व्यवस्था गरिएको छ ।

बैठकले उपमहानगरपालिकाका योजना कार्यान्वयन कार्यविधि तयार गर्ने, नगरस्तरीय र वडास्तरीय नागरिक वडापत्र तयार गर्नका लागि सार्वजनि सेवा समितिका संयोजक प्रवक्ता श्याम डाँगीलाई दिने निर्णय गरेको छ । त्यसैगरी सडक, फुटपाथ र नाला आसपासमा रहेका ढ्याब्ली, काउन्टर र अन्य फुटपाथ पसल हटाउने, तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका सबै व्यापार, व्यवसाय, उद्योग असोज महिनाभित्र अनिवार्य दर्ता प्रक्रियामा ल्याउने निर्णय गरिएको पनि प्रवक्ता श्याम डाँगीले जनाएका छन् ।

प्रकाशित मिति : मङ्गलवार, भाद्र २७, २०७४ समय : २१:२९:२० 163 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi