महिला संघको प्रदेश अध्यक्षमा पार्वती पुन चयन

पहिलोपेज

दाङ । अखिल नेपाल महिला संघ क्रान्तिकारी ५ नम्बर प्रदेश अध्यक्षमा पार्वती पुन निर्वाचित भएकी छन् । घोराहीमा दुई दिनसम्म चलेको प्रथम प्रदेश सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

उपाध्यक्षहरुमा सरस्वती न्यौपाने, पुनम श्रीपाली, अञ्जना चौधरी, शान्ति चौधरी, सन्तोषी पाण्डे, छमुकुमारी खनाल, सिर्जना तरामु, रेणु खड्का र मालती डाँगी रहेका छन् । त्यसैगरी सचिवमा लक्ष्मी कोइराला तथा सहसचिवहरुमा टीका ओली, त्रिवेणी घर्ती, खेममाया सुनारी, बबिता बिक र प्रमिता चौधरी निर्वाचित भएकी छन् । ७३ सदस्यीय प्रदेश समितिमा कोषाध्यक्ष राधा अधिकारी निर्वाचित भएकी छन् ।

सम्मेलनको दोस्रो दिन मंगलवार माओवादी केन्द्रका सचिवालय सदस्य एवं संघका पूर्वअध्यक्ष जयपुरी घर्ती, माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक एवं संघका पूर्वअध्यक्ष रेखा शर्मा, संघका केन्द्रीय अध्यक्ष अमृता थापा मगर र माओवादी केन्द्र ५ नम्बर प्रदेश संयोजक पूर्ण घर्ती मगरले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : मङ्गलवार, भाद्र २७, २०७४ समय : १९:१०:०९ 141 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi