प्रदेशको शान्ति सुरक्षा सुदृढ पार्ने एआइजी लामाको प्रतिवद्धता

शरद रेग्मी

तुलसीपुर । प्रहरी अतिरिक्त महानिरीक्षक मिङमार लामाले प्रदेश नम्बर ५ को शान्तिसुरक्षा सुदृढ पार्नु आफ्नो प्रमुख दायित्व रहेको बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सुरक्षा प्रमुखहरुलाई स्वागत तथा भेटघाट कार्यक्रममा प्रदेश प्रहरी प्रमुख लामाले यस क्षेत्रका नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनु आफ्नो प्रमुख जिम्मेवारी रहेको पनि बताए ।

एआइजी लामाले व्यवसायीहरुलाई लगानीमैत्री वातावरणका लागि आफूले जुनसुकै अवस्थामा पनि शान्ति सुरक्षाको कमी हुन नदिने विश्वास दिलाए । उनले व्यवसायीहरु प्रतिष्पर्धाबाट अगाडि बढ्नुपर्ने र उत्पादनमुखी व्यवसायलाई प्राथमिकता दिन पनि आग्रह गरे ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक दिलीपकुमार चौधरी, प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तिमगर, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राजेन्द्रप्रसाद अर्याल, प्रहरी निरीक्षक रमेश विष्ट लगायतलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, निवर्तमान अध्यक्ष विमल रिजाल लगायतले यस क्षेत्रको शान्ति सुरक्षा मजबुत पार्न अनुरोध गरेका थिए । उनीहरुले पछिल्लो अवस्थामा व्यवसायिक सुरक्षा कमजोर भएको जानकारी गराउँदै सुरक्षा निकायहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, मीनराज भण्डारी र ललितजंग शाह लगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संचालन संघका महासचिव रुपबहादुर खत्रीले गरेका थिए ।

प्रकाशित मिति : मङ्गलवार, भाद्र २७, २०७४ समय : १८:५१:१७ 187 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi