तुलसीपुर ६ का १७ परिबारलाई राहत बितरण

पहिलोपेज

तुलसीपुर ।
गत साउनमा आएको बाढीबाट पीडित भएका १७ घर परिबारलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले राहत बितरण गरेको छ । वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरि बाढीबाट पूर्ण र आशिंक क्षती भएका १७ घर परिबारलाई राहत बितरण गरिएको हो ।

उपमहानगरपालिकामा स्थापना गरिएको मेयर विपद ब्यवस्थापन कोषा मार्फत उनीहरुलाई खाद्ययान्न सहितको राहत प्याकेज बितरण गरिएको हो । वडा कार्यालयले बाढी पीडित प्रति परिबार २५ किलो चामल, दाल, नुन, तेल लगायतका खाद्यय सामग्री बितरण गरेको हो ।

वडा अध्यक्ष नवराज लामिछानेको अध्यक्षतामा भएको राहत बितरण कार्यक्रमा बोल्दै उपमहानगरपालिकाका कार्यबहाक प्रमुख माया आचार्यले जनताको दुःख र समस्यामा आफूहरु सँगै रहेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि आचार्यले उपमहानगरपालिका बाढी बाट बढि क्षती भएको क्षेत्रमा राहत र उद्धारमा लागेका कारण कम क्षती भएको क्षेत्रमा राहत बितरण गर्न केही ढिलाई भएको जानकारी दिइन् ।

वडा सदस्य दुजमान भण्डारी बर्षातको सञ्चालनबाट सुरु भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य देवराज विश्वकर्माले स्थानिय तहको निर्बाचन पछि जनताको घरदैलोमा सरकार पुगेकाले जनताका सुख दुःखमा आफूहरु सँगै रहने बताए । त्यस्तै कार्यपालिका सदस्य जानका रेग्मीले बाढी बाट पीडितहरुको राहतमा आफूहरु सक्रिय रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

कार्यक्रममा वडा अध्यक्ष नवराज लामिछानेले ६ नं. वडामा ४९ घर परिबारको बाढी बाट पूर्ण तथा आशिंक रुपमा क्षती भएको बिवरण सम्बन्धीत निकायमा पठाएको र थप राहत तथा पूर्ण निमार्णको कामलाई अगाडी बढाइने बताउनु भएको थियो । कार्यक्रममा वडा सदस्यहरु हरि बहादुर वली, युवा करारा, यमुना परियार, मेयरका प्रेस सल्लाहकार बसन्त बिवस आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला सदस्य नारायण भण्डारी लगायतको सहभागीता रहेको थियो ।।

प्रकाशित मिति : सोमवार, भाद्र २६, २०७४ समय : १६:३३:२३ 90 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi