केशरमानलाई यस वर्षको उत्सर्ग रङ्ग पत्रकारिता पुरस्कार

पहिलोपेज

दाङ । राप्तीको कला क्षेत्रको उन्नयनमा समर्पित उत्सर्ग फिल्मस नेपालले यस वर्षको रङ्ग पत्रकारिता पुरस्कार पत्रकार एवं साहित्यकार केशरमान बुढाथोकीलाई प्रदान गर्ने भएको छ । पत्रकारिता एवं साहित्यको माध्यमबाट कला क्षेत्रको विकास एवं प्रवद्र्धनमा उल्लेख्य योगदान पुराएकोले बुढाथोकीलाई पुरस्कार प्रदान गर्ने निर्णय भएको उत्सर्ग फिल्मस नेपालका प्रबन्ध निर्देशक केएल पीडितले जानकारी दिए ।

तीन वर्षअघि स्थापना गरिएको उत्सर्ग रङ्ग पुरस्कारको राशी रु. ५ हजार रहेको छ । यसअघि यो पुरस्कार पत्रकारद्वय दुर्गालाल केसी र उदय जीएमले प्राप्त गरिसकेका छन् ।

यो वर्षको पुरस्कारका लागि छनौट भएका बुढाथोकी विगत लामो समयदेखि कला, साहित्य, पत्रकारिता एवं पर्यटनको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । इन्द्रेणी अनलाइनका सम्पादक बुढाथोकी नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय महासचिव एवं नेपाल पत्रकार महासंघ दाङ शाखाको सदस्य हुन् । नेपाली साहित्यमा स्नातकोत्तर गरेका बुढाथोकी थुप्रै सामाजिक संस्था एवं अभियानहरुमा पनि संलग्न छन् ।

प्रकाशित मिति : सोमवार, भाद्र २६, २०७४ समय : ७:५४:१० 132 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi