मेयर विपद कोषमा १ लाख बढि थपियो

पहिलोपेज

तुलसीपुर ।
नगरका बाढी पीडितालाई एक द्धार पद्धतिबाट राहत बितरण गर्न बनाइएको मेयर विपद व्यवस्थान कोषमा एक लाख बढि रकम थपिएको छ । तुलसीपुरमा रहेको ज्ञानज्योति एजुकेशन फाउन्डेसनले मेयर विपद ब्यवस्थापन राहत कोषमा आइतबार १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको हो । फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसी र प्राचार्य सुरेन्द्र जिसीले कोषका संयोजक समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीले समाजको पीडामा आफ्नो संस्था पनि संघसँगै रहेकाले सहयोग गरेको बताए ।

उनले पीडामा परेकालाई सहयोग गर्नु विद्यालयको दायित्व भित्र पर्ने भएकाले आफूले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा मेयर पाण्डेले शिक्षा क्षेत्रबाट प्राप्त भएको राहतलाई बालबालिकाकै क्षेत्रमा खर्च गर्ने ।

उनले सहयोगी संघ संस्थाहरुको प्रयासमा मात्रै नगरका बाढी पीडितहरुको पीडामा थोरै भएपनि राहत पु¥याउन सकिएको बताए । कलेजका आमसञ्चार तथा पत्रकारिता विभाग प्रमुख वसन्त विवश आचार्यको सञ्चालनबाट सुरु भएको कार्यक्रममा सभासद अनारकली मियाँ, पब्लिक ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतम, शिक्षक रवि चापागाँई, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : आइतवार, भाद्र २५, २०७४ समय : १९:०३:१८ 41 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi