संविधान संशोधनको एजेण्डा असफल भयो : एमाले नेता पोख्रेल

पहिलोपेज

तुलसीपुर ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संबिधान संशोधनको एजेण्डा असफल भएको बताएका छन् । प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संविधान संशोधन विना निर्बाचन हुन सक्दैन भन्नेहरु असफल भएको बताएका हुन् । पोखे्रलले पहिलो र दोश्रो चरणको निर्बाचन बहिस्कार गरेको राजपाको पकड क्षत्रमै बढि मत खस्नु र संविधान संशोधन विना राजपा निर्वाचनमा आउनु संविधान संशोधन प्रस्ताव र त्यसको पक्षमा उभिनेहरुको असफल भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि रहेका नेता पोख्रेलले बहिस्कारका बीच पनि निर्वाचन सफल भएपछि सरकारलाई संघ र प्रदेशको निर्बाचन गराउन दवाव परेको बताए । उनले दक्षिणको नाकाबन्दीका बेला एमाले नेतृत्वको सरकारले चीत सँग पारबहन सम्झौता गरेर भविश्यमा दक्षिणबाट हुने नाकाबन्दीको सम्भावनालाई अन्त्य गरिदिएको दावी गरे । पहिलो र दोश्रो चरणको निर्बाचनबाट एमाले पहिलो सक्तिका रुपमा स्थापित भएको चर्चा गर्दै उनले अवका दिनमा कुनै पनि पार्टीले एमाले सँग एक्लै चुनाव लड्ने आँट नगर्ने बताए ।

स्थाई कमिटी सदस्य पोख्रेलले एमालेले बुटवललाई प्रदेशको राजधानी बनाउन लागेको भनेर दाङमा गलत प्रचार गरेको भन्दै बुटवलका माओवादी काङ्ग्रेसले पनि दाङलाई प्रदेशको राजधानी सहजै स्विकार गर्न नसक्ने बताए । प्रदेशको राजधानीका लागि दाङ सबै दृष्टीबाट उत्तम रहेको भन्दै नेता पोख्रेलले सबैको प्रयासबाट मात्रै हाल सम्मका उपलब्धी प्राप्त भएको बताए । उनले प्रदेश राजधानी दाङलाई बनाउन पनि साझा पहलको आवश्यकता औंल्याए ।

प्रदेश प्रहरी प्रमुखको कार्यालय दाङमा स्थापना भएकाले शुरक्षा एकातिर र प्रशासनीक निकाय अर्कोतिर हुन नसक्ने जिकिर गर्दै नेता पोख्रेलले सरकारलाई प्रादेशीक केन्द्र दाङमा तोक्नै पर्ने बाध्यता रहेको बताए । प्रेस चौतारी दाङका उपाध्यक्ष संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव वसन्त बिवस आचार्यले गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण तुलसीपुर बितरण केन्द्रबाट कैलालीको अत्तरिया बितरण केन्द्रमा सरुवा भएका टंकराज गिरीलाई विदाई गरिएको थियो ।

प्रकाशित मिति : आइतवार, भाद्र २५, २०७४ समय : १८:४८:५६ 44 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi