हाम्रो पहुँचको निर्बाचन तालिका सार्बजनिक

पहिलोपेज

तुलसीपुर ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुरको निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ । शुक्रबार बसेको निर्वाचन समितिको बैठकले आगामी असोज २८ गते हुने दशौं बार्षिक साधारणसभाका अवसरमा नयाँ नेतृत्व चयनका लागि निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको हो ।
निर्बाचन समितिका संयोजक दुर्गा प्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले निर्बाचन कार्यतालिका सार्बजनिक गरेको हो ।

तालिका अनुसार आगामी दुई बर्षे कार्यकालका लागि नेतृत्व चयन गर्न असोज २८ गते दिउसो ३ बजे देखि साँझ ६ बजे सम्म मदतान हुने छ । २२ गते बिहान ११ बजे देखि दिउसो ३ बजे सम्म उमेदवारी दर्ताको समय तोकिएको छ ।

समितिले सार्बजनिक गरेको निर्बाचन तालिका

सोही दिन अपरान्ह ४ बजे उमेदवारको नामावली प्रकाशन, २३ गते बिहान ११ देखि दिउसो ३ बजे सम्म उमेदवार उपर दावी बिरोध र सवा १ देखि ३ बजे सम्म दावी बिरोध उपर छनवीनको समय तोकिएको छ ।

२४ गते बिहान ११ बजे देखि २५ गते अपरान्ध ४ बजे सम्म उमेदवारी फिर्ताको समय राखिएको संयोजक भण्डारीले जानकारी दिए । २५ गते अपरान्ह साढे ४ बजे उमेदवारको अन्तिम नामावली प्रकासन हुने उनले बताए । त्यसपछि उमेदवारहरुले २७ गते बेलुका ५ बजे सम्म प्रचार प्रसार गर्ने समय रहेको निर्वाचन समितिले जानकारी दिएको छ ।

साढे ६ सय बढि सदस्य रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थामा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा एक÷एक जना, सञ्चालक सदस्यमा ७ जना, लेखा समिति संयोजकमा एक जना र लेखा समिति सदस्यमा दुई जना गरी जम्मा १४ जना निर्बाचित हुने छन् ।

बचत तथा ऋण परियोजना, सहकारी पेट्रोल पम्प, रेडियो हाम्रो पहुँच ८९ मेगाहर्ज, हाम्रो पहुँच माध्यमिक विद्यालय र लघु बित्त कार्यक्रम सञ्चालन गर्दै आएको संस्थामा झण्डै एक सयको हाराहारीम कर्मचारी कार्यरत रहेका छन् । गाउँ गाउँमा हाम्रो पहुँच सहकारी, बढाऔं उत्पादन र रोजगारी भन्ने नारा सहित सस्थाको दशौं बार्षिक साधारणसभा आगामी असोज २८ गते हुँदै छ ।।

प्रकाशित मिति : शुक्रवार, भाद्र २३, २०७४ समय : १६:५२:११ 48 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi