शिक्षक संघ तुलसीपुरको अध्यक्षमा केसी निर्वाचित

पहिलोपेज

तुलसीपुर । नेपाल शिक्षक संघ तुलसीपुर उपमहानगरपालिकाको अध्यक्षमा गुरुजजुर माविका लेबेन्द्र केसी निर्बिरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा खिमबहादुर रोका, महिला उपाध्यक्षमा शान्ति न्यौपाने धिताल, सचिवमा तिलकराज डाँगी, अर्थ सचिवमा घनश्याम डाँगी, सहसचिवमा प्रकाश भट्टराई, महिला सहसचिवमा बिन्दु गिरी, अर्थ सहसचिवमा टेकप्रसाद भण्डारी, समाबेसी सहसचिवमा निर्मल नेपाली, सुदय चौधरी निर्वाचित भएको मतदान अधिकृत प्रमोद न्यौपानेले जानकारी दिए ।

त्यस्तै महिला अर्थ उपसचिवमा मीना न्यौपाने निर्वाचित भएका छन् । सदस्यहरुमा वडा नं. १ बाट प्रकाश पाण्डे, वडा नं. २ बाट द्रोणप्रसाद देवकोटा, वडा नं. ३ बाट चूडामणि वली, ४ बाट शोभाराम धिताल, ५ बाट रेश्मा गिरी, ६ बाट शोभा रेग्मी, ७ बाट नन्दराज शर्मा, ८ बाट टंकबहादुर बस्नेत, ९ बाट खोमराज केसी निर्वाचित भएका छन् । त्यस्तंै सदस्यमा वडा नं. १० बाट बसन्तकुमार गौतम, ११ बाट ओमप्रकाश गिरी, १२ बाट खिमराज न्यौपाने, १३ बाट निमबहादुर न्यौपाने, १४ बाट डिल्लीबहादुर बस्नेत, १५ बाट द्रोपदा धिताल, १६ बाट प्रकाश खडका, १७ बाट खुमलाल गिरी, १८ बाट नारायण पौडेल, १९ बाट देवा केसी निर्वाचित भएका छन् ।

महिला सदस्यमा खड्गकुमारी योगी, खुला सदस्यमा एकराज भण्डारी, हरिबहादुर बिश्वकर्मा, जगतबहादुर बस्नेत, बिमल गौतम रहेको निर्वाचन समितिका संयोजक गेहेन्द्रराज शर्माले बताए । निर्वाचन समितिका संयोजक गेहेन्द्रराज शर्माको अध्यक्षता तथा नेपाल शिक्षक संघ दाङका अध्यक्ष युवराज बस्नेतको प्रमुख आतिथ्यता एवं नेपाल शिक्षक पूर्बअध्यक्ष अर्जुन योगीको बिशिष्ट आतिथ्यतामा एक कार्यक्रम गरी नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो ।

मतदान अधिकृत प्रमोद न्यौपानेले निर्वाचन परिणाम घोषणा गरेका थिए । त्यस अवसरमा नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष अनन्ता केसी, योगराज बस्नेत, महेन्द्र मावि तुलसीपुरका प्रधानाध्यापक जीतबहादुर थापा, नवनिर्वाचित अध्यक्ष लेबेन्द्र केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल शिक्षक संघका जिल्ला सचिव प्रकाश डाँगीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सदस्य लक्ष्मी न्यौपानले गरेकी थिइन् ।

यसैबीच नेपाल शिक्षक संघले दाङका १० वटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव र अर्थसचिवलाई सहभागी गराई स्थानीय तहमा शिक्षा र साँगठानिक सुदृढीकरण बिषयक एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । साउन २८ गते घोराहीमा हुने गोेष्ठीमा उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।

प्रकाशित मिति : बुधवार, साउन २५, २०७४ समय : १७:२८:०६ 70 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi