नतिजा प्रकाशनमा जुट्यो राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ को नतिजा भोलि नै

आरोन कँडेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान विषयको परीक्षाको परीक्षाफल शुक्रबार प्रकाशन गर्ने भएको छ । पहिलोपेज डटकमसँग बोल्दै परीक्षा नियन्त्रक डम्बर बतासले नतिजाको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र भोलि (शुक्रबार) १० बजेको लागि बोर्डको बैठक बोलाइएको जनाएका छन् ।

स्नातह तहमा मेडिकल, इन्जिनियरिङ लगायतका प्राविधिक विषय पढ्न चाहने विद्यार्थीको प्रवेश परीक्षा छिटो हुने हुनाले विज्ञान विषयको मात्र छिटो नतिजा प्रकाशन गर्न लागिएको हो । अरु बिषयको नतिजा आउन भने अझै केही समय लाग्ने छ ।

प्रकाशित मिति : बिहिवार, साउन १९, २०७४ समय : १९:०७:१२ 340 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi