विद्यालय क्रिकेट प्रतियोगितामा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कुल विजयी

पहिलोपेज

धनगढी । धनगढीमा जारी डिसीए अन्तरगत विद्यालय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा एक्सीस विद्या आश्रम र ग्यालेक्सी स्कुल विजयी भएका छन् । आज भएको पहिलो खेलमा पञ्चोदय उच्च माविलाई ९ रनले पराजित गर्दै एक्सीस विजयी भएको हो । टस जिते व्याटीङ गरेको एक्सीस विद्या आश्रमले पानी परेपछि छोट्याइएको खेलमा १० ओभरमा ७ विकेट गुमाउदै ५९ रन बनायो । एक्सीसका लागि अमित रावतले १६, कविन्द्र शाह र ईश्वर रावतले समान १५/१५ रन बनाए । बलीङमा पञ्चोदयका गोकर्ण जोशीले ३ तथा महेश चन्दले २ विकेट लिए ।

६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको पञ्चोदय उच्च मावि १० ओभरमा ३ विकेट गुमाउँदै ५० रनमा समेटिएको हो । पञ्चोदयलाई हराउने क्रममा एक्सीसका ईश्वर रावत र अमित रावतले समान १÷१ विकेट लिए । एक्सीसका अमित रावत म्यान अफ द म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा सरस्वती माविलाई ८१ रनको फराकिलो अन्तरले पराजित गर्दै ग्यालेक्सी स्कुल विजयी भएको छ । टस हारेर व्याटीङको निम्तो पाएको ग्यालेक्सीले निर्धारित १० ओभरमा एक विकेट गुमादै १ सय २१ रन बनायो । ग्यालेक्सीका सौरभ चौधरीले सर्वाधिक ५१ रन बनाए । आयुश शाहले २९ रन बनाएका थिए ।
१ सय २२ रनको लक्ष्यसहित मैदान उत्रिएको सरस्वती मावि मनहेराले १० ओभरमा ९ विकेट गुमाउदै ४० रन मात्रै बनाउन सक्यो । ग्यालेक्सीका आशीष शाहले ३, देवेन्द्र बोहरा र आयुश शाले २÷२ विकेट लिए ।

प्रकाशित मिति : मङ्गलवार, जेठ १६, २०७४ समय : २३:३१:०६ 533 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi