डीपीएल २०७३ : सिवाइसी अत्तरियाको विजयी सुरुवात

सीताराम ओझा

धनगढी । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को पहिलो खेलमा सीवाईसी अत्तरिया विजयी भएको छ । गत वर्ष भएको धनगढी क्रिकेट लिगको उप विजेता अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको सीवाईसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।

सुरुवातमा विकेट गुमाएर दवाव परेको अत्तरियाका लागि योगेन्द्र कार्कीले सिंह कार्कीले ५७ रनको अर्ध शतकीय पारी खेल । त्यस्तै ज्ञानेन्द्र कुँवरले नटआउट ३४, दिलीप नाथले १५, प्रदीप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १/१ विकेट लिए ।

एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरियाका अविनाश बोहराले ४ तथा विनोद लामाले ३ विकेट लिए । अत्तरियाका अविनाश बोहरा वेल्स क्याफे म्यान अफ द म्याच हुँदै नगद १० हजार हात पारे ।

सिवाइसी अत्तरियाका ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्सका बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् । लिग अन्तर्गतको दोस्रो खेलमा अहिले १ बजेदेखि कञ्चनपुर आइकोनिक र विराटनगर किङसबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित मिति : सोमवार, चैत्र २८, २०७३ समय : १३:३७:०३ 900 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi