देश बिकासमा युवा नेतृत्वको सवाल

संजाल शर्मा

स्थानीय निकायमा युवा नेतृत्वलाई बलियो उपस्थिति बनाउनु पर्ने जरुरी छ। स्थानीय निकायमा युवा नेतृत्व भएमात्र बिकासको सुचक राम्रो हुन्छ भन्ने सवाल प्रमुख नभए पनि देश बिकासको मेरुदण्ड युवा भएको हुँदा युवाहरू को सहभागिता,परिचालन र सशक्तीकरण बिना कुनै पनि राष्ट्रको बिकास असम्भव छ। नेपालको सन्दर्भ पनि त्यही हो। युवाहरु श्रम, सीप र बुद्धिलाई सहि ढङ्गले परिचालन गर्ने हो भने राष्ट्रियता र दीगो बिकासलाई संस्थागत गर्न कुनै गाह्रो छैन।

समाज र देशको लागि नेतृत्वदायी भुमिका खेल्ने युवा राम्रो होउन्, समाज प्रति इमानदार होउन्, गतिशील होउन्, शाहासी होउन, योग्य होउन्  र परिपक्व होउन्, आर्थिक र सामाजिक रुपान्तरणको लागि बलियो खम्बा बनुन भन्ने चाहाना पुरानो पुस्ता बाट सबैको हो। यस चाहाना लाई आत्मसात गर्दै पुरानो पुस्ता र नयाँ पुस्ता बीचमा कस्तो सम्बन्ध हुने त्यो विषय उत्तिकै महत्त्वपूर्ण छ।

नेपाली राजनीतिको तीन दशक देखि चार दशक अघिको  अबधिमा नेतृत्वदायी भुमिका नै युवाहरु को थियो। संसार मा भएका ठुला ठुला क्रान्ति र परिवर्तन निम्ति संघर्ष गर्ने नै युवाहरू थिए। रुसी, चीनिया र क्युवाली क्रान्ति, स्वतन्त्रसंग्राम आदि मा नेतृत्व गर्ने नै युवा थिए। यस लेखमा, युवामात्रले हरेक क्षेत्रमा नेतृत्व गर्नु पर्छ भन्ने सवालमा प्रश्न उठाउन मात्र खोजिएको छैन  तर पुरानो पुस्ताको प्रेरणाको साथ नयाँ पुस्ता सकेसम्म समावेशीकरणका आधार मा अगाडी आउनु पर्छ है भन्ने संदेश चाहिँ पक्कै दिन खोजिएको छ। समाज र देशको लागि नेतृत्वदायी भुमिका खेल्ने युवा राम्रो होउन्, समाज प्रति इमानदार होउन्, गतिशील होउन्, शाहासी होउन, योग्य होउन्  र परिपक्व होउन्, आर्थिक र सामाजिक रुपान्तरणको लागि बलियो खम्बा बनुन भन्ने चाहाना पुरानो पुस्ता संग हुन जरुरी छ भने युवाहरू ले यस चाहाना लाई आत्मसात गर्दै पुरानो पुस्ता र नयाँ पुस्ता बीचमा बलियो सम्बन्ध बनाउने विषय उत्तिकै सचेत रहनु पर्छ।

लामो समय एउटै ब्यक्ति नेतृत्वमा बसिरहने या पुरानो पुस्ताले नयाँ पुस्ता लाई कसरी नेतृत्व हस्तान्तरण गर्ने के का लागी भन्ने सन्दर्भमा अन्तर्राष्ट्रिय अनुभव पनि हेर्न जरुरी छ। अमेरिका युरोप, जापान कोरिया र बेलायत लगाएतका देशमा महिला होस या युवा होस या पको पुस्ता नै किन नहोस् जो पनि नेतृत्वमा आउन सक्छ। नेतृत्व निर्माण गर्ने सन्दर्भ परिस्थितिले निर्धारण गर्छ अर्थात् आन्दोलन र संघर्षले परिस्थिति निर्माण गर्छ।

युवाका अधिकार क्षेत्रलाई कागजमा लेखेर मात्र हुदैन। युवालाई सक्षम र क्षमतावान बनाएर युवा लाई उत्पादनमुलुक रोजगारीमा जोड्न जरुरी छ। देशलाई कुन गतिमा बिकास गर्ने त्यो युवाको कार्यक्षमता मा भर पर्छ। देशको राजनीतिमा प्रयोग हुने युवा ३- ४ लाखको हाराहारी मा भए पनि करिब ४५ लाख संख्या बिदेशीएका छ्न। राजनैतिक दलले चुनाव जित्नको लागि वा आफ्ना संकीर्ण स्वार्थको लागि युवालाई प्रयोग गरे पनि युवाको लागि स्वदेशमै रोजगारीको अवसर नहुदा उनिहरु बिदेशीएको कुरालाई नकार्न सकिन्न। देशको नेतृत्व गर्ने बर्ग भनेको गाडीको चालक जस्तै हो भने यात्री नेपाली जनता हुन यसरी हेर्दा नेतृत्व बर्ग ठिक भएन भने अयोग्य चालक द्वारा गाडी दुर्घटनामा परे झै देश पनि दुर्घटनामा पर्ने संभावनालाई नकार्न सकिन्न।

राजनीति गर्ने नेतृत्वलाई के आधारमा सहि वा गलत मान्ने अर्थात् उसलाई मुल्यांकन गर्ने आधार उसको बिगत हो। उ कति ईमानदार छ योग्य छ ? उसले देश र समजलाई हेर्ने नजर कस्तो छ ? उसले समज रुपान्तरण गर्ने वा समाजमा रहेका समस्या समाधान गर्ने विकल्प, योजना र आधार के छन ? यी सवाल लाई पनि नेपाली जनताले उत्तिकै नजर अन्दाज गर्न जरुरी छ। बिशेष गरेर युवा पुस्ताले अब नयाँ ढंगबाट सोच्नु पर्दछ।  कुल जनसंख्याको ४०.३५ % युवा भएकाले युवाको समस्या समाधानको लागि युवाका समस्या समाधान गर्न्न सक्ने नेतृत्व चयन गर्नु पर्छ। तर युवा बाहेक अरु का समस्या छैनन् भन्न खोजिएको होइन। बालबालिकाका थुप्रै समस्या छ्न, वृद्धहरुका थुप्रै समस्या छ। दलिल, मुस्लिम, मधेसी, पिछडिएका बर्ग, महिला सबैका बेग्लाबेग्लै समस्या छ्न यहाँ भन्न खोजिएको यो हो कि समाजमा बिष घोल्ने नेतृत्व भन्दा समाज वा देशमा सहि नेतृत्व भएमात्र सकेसम्म उसले सबैका समस्या समाधान गर्न बढी भन्दा बढी प्रयत्न गर्ने छ।

अहिले युवाहरु जसले राजनीति गर्छु भन्छ उसलाई नाक खुम्च्याएर हेर्नेहरुको संख्या पनि उल्लेखनीय छ तर त्यसो हुनुको कारण चाहिँ राजनीति गर्ने नेतृत्वको छवि नराम्रो हुनु हो, राजनीतिमा उ होमिएको भएपनी जनतामाझ उसले कुनै उपलब्धि देखाउन नसक्नु हो।

युवाका आवज सडकमा सिमित बने, आन्दोलनमा सिमित बने नियम कानुनमा मात्र सिमित बने तर युवाको अधिकार कार्यान्वयन निकायमा युवाका आवाज पुगेपनी वास्तविक उपलब्धि हुने गरि युवाका मागहरु लागू हुन सकेनन्। बर्तमन परिप्रेक्षमा युवाहरू को राजनीति प्रती किन चासो घटेको छ त्यता नेतृत्व केन्द्रित हुनुपर्ने देखिन्छ। आखिर सबै प्रकारका समस्याको निकास नै सहि राजनीति भएको हुदा युवाहरु लाई सहि  राजनीतिको केन्द्रमा लैजान नेतृत्वले उत्तिकै ध्यान दिन जरुरी छ। भने अर्को तर्फ बिकासका जल्दाबल्दा मुद्दालाई समग्र जनताका मौलिक हक को रुपमा युवाले आफ्नो जिम्मेवारी ठान्दै विद्यार्थी, युवा, ब्यवसायी, कृषक, जागीरे , उद्योगपति , बुद्धिजीवी र सचेत जनता एवम नेतृत्वले देशको समृद्धि, बिकास र निकासको लागि मै के गर्न सक्छु भन्ने उदेश्यका साथ आफ्नो आफ्नो ठाँउबाट सचेत प्रकारले भुमिका खेल्न जरुरी छ।

जोस जाँगरले भरिपुर्ण हरेक काम उत्साह पुर्ण ढङ्गले काम गर्ने सक्ने युवाहरूलाई देशमै राख्ने बाताबरण निर्माण गर्नु पर्छ। सरकारको नेतृत्व गरिरहेका राजनैनिक दलले वा राष्ट्रिय राजनीतिमा स्थापित पार्टीहरु ले वैदेशिक रोजगारीमा नयाँ सम्झौता गरेर युवा माझ लोकप्रिय हुनु भन्दा देशमै साना साना उद्योग खोलेर युवा रोजगारीको अवस्था सिर्जना गर्ने हो भने बिदेशीएका युवा केहि मात्र भए पनि नेपाल फर्कने संभावना रहन्छ। नेपाली युवाहरुका संभावना र अवसरहरु खोजी गर्दै नेपाली युवाका वर्तमान समस्याको बिशेषण गरेर सहि निकास दिन जरुरी छ।

प्रकाशित मिति : शनिवार, चैत्र २६, २०७३ समय : २२:१६:३० 1357 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi