घोराही हस्पिटलको पाँचौ साधारण सभा

दाङ । घोराही हस्पिटल प्रालिको पाँचौ साधारण सभा शनिवार सम्पन्न भएको छ । अस्पताल समितिका अध्यक्ष चन्द्रज्योति बुढामगरको अध्यक्षता एवं अस्पतालका प्रमुख सल्लाहकार, नेपाल औषधि व्यवसायी संघ राप्ती अञ्चल शाखा अध्यक्ष भुवनेश्वर बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अस्पतालको प्रगति र आगामी योजना पेश गर्दै प्रबन्धक भेषराज भण्डारीले निकट भविश्यमै फार्मेसी इन डिप्लोमा र ल्याव टेकनेशियन कलेज स्थापना गर्न लागेको जानकारी दिए । प्रबन्धक भण्डारीले कलेजका लागि जग्गा खरिद भइसकेको र अरु पूर्वाधार निर्माणमा लागेको बताए ।

कार्यसमितिका सदस्य गोपाल गिरीको स्वागतबाट शुरु भएको कार्यक्रममा अम्विकेश्वरी कलेजका प्रमुख चन्द्रप्रकाश खनाल, कोषाध्यक्ष राजकुमार श्रेष्ठले अस्पतालका कानुनी सल्लाहकार ठाकुरप्रसाद गिरी, शेयर सदस्य विष्णुप्रसाद पौडेल, सदस्यहरु बेगम चन्द, धर्मबहादुर घर्ती, जम्किलाल रोका लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव लक्ष्मी ढकालले गरेका थिए ।

प्रकाशित मिति : आइतवार, चैत्र २०, २०७३ समय : २२:३०:०७ 747 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi