सेवाग्राही ठग्दै इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनी टेकमाईण्डस्

आरोन कँडेल

चितवन । नेपाल विश्वमै दोस्रो ढिलो इन्टरनेट चल्ने मुलुकको सूचीमा रहेको पछिल्लो एक प्रतिबेदनले देखाइसकेको छ । नेपालमा च्याउ उम्रेसरि खोलिएका इन्टरनेट प्रदायक कम्पनीहरुले राम्रो विज्ञापन बाहेक अरु कुनै सेवा राम्रो दिन सकेका छैनन् ।

चितवनमा आफ्नो सबैभन्दा धेरै सेवाग्राही बनाएको इन्टरनेट प्रदायक कम्पनी टेकमाइण्डस्को बिगत केही दिनदेखि स्पिड र बारम्बार आउने समस्याले यतिबेला सामाजिक सञ्जालदेखि जताततै टेकमाइण्डस्का ग्राहकहरु आक्रोशित बनेका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका बस्ने गणेश सापकोटाले आफू टेकमाइण्डस्को समस्या देखेर आजित भएको बताउँछन् । अफिसमा फोन गर्दा सबै ठिक छ भन्छन् तर यता भने इन्टरनेटको समस्या ज्यूँकात्यूँ रहने उनको भनाइ छ ।

त्यतिमात्र हैन सामाजिक सञ्जालमा पनि टेकमाइण्डस्को उक्त खराब सेवाको बिरोध हुँदै आएको छ । पश्चिम चितवन निवासी सन्दिप देबकोटाले टेकमाइण्डस्को हरेक दिनको समस्याले गर्दा आफूहरु हैरान भएको बताउँछन् । त्यस्तै चितवनकै ज्यामिरेमा टेकमाइण्डस्को इन्टरनेट चलाइरहेका सुजन थापा पनि सोही कुरा बताउँछन् । कति कति बेला मात्र नेट आउँछ र बिशेषगरी दिउँसो १२ देखि १ र बेलुकाको समयमा नेट नै नचलेर दुःख पाएको बताउँछन अर्का प्रयोगकर्ता विशाल सुवेदी ।

तर, उता बकुल्लरमा रहेको कार्यालयमा फोन गरेर सोध्दा त्यहाँबाट कुनै समस्या नरहेको त्यहाँका कर्मचारी बताउँछन् । यता सेवाग्राही भने चर्को मूल्य तिरेर राखेको इन्टरनेट नै नचलेपछि चिन्तित देखिन्छन् । यस्ता कुरामा सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई कुनै कानुनी कारवाहीको प्रावधान नराखेकाले कम्पनीहरुले हेपाहा प्रवृत्ति देखाउने गरेको सेवाग्राही बताउँछन् ।

प्रकाशित मिति : शनिवार, फाल्गुण ०७, २०७३ समय : १९:२६:११ 2283 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi