नाम भएका तर काम नगर्नेलाई बिदा गरी युवाहरुलाई अगाडि बढाउनुपर्छ : अध्यक्ष रिमाल

प्रकाश रिमाल {अध्यक्ष, राष्ट्रिय प्रजातान्त्रिक युवा संघ तथा राप्रपा केन्द्रीय सदस्य प्रत्यासी}

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी एकताको पहिलो एतिहासिक महाधिवेशनमा जुटेको छ । नेपालको हकमा संघीयता आवश्यक छैन । तर, संघीयता अहिलेको यथार्थ पनि हो । संघीयता हुँदा हिमाल, पहाड तराई नछुट्टिएको हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो । सबैलाई मान्य हुने संघीयता भए आपत्ति छैन । महाधिवेशनमा देशभरबाट ३४ सय ७० प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन फागुन ६ देखि ९ सम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । उदघाटन् समारोह देशमा मुख्य टेलिभिजन र रेडियोबाट प्रत्यक्ष प्रसारण हुने छ ।

त्यस्तै यो महाधिवेशनबाट पुराना नेतृत्व विस्थापित भई बढीभन्दा बढी युवा नेतृत्वहरु निर्वाचत हुने अवस्था पनि देखिएको छ ।

राजसंस्था कि गणतन्त्र भन्नेमा संवैधानिक राजसंस्थाको पक्षमा बढी माहोल देखिएको छ । देशव्यापीरुपमा संवैधानिक राजसंस्थाकै पक्षमा बढी प्रतिनिधि आएका छन् ।

अब नेतृत्वमा रहने व्यक्तिहरु के कुरामा प्रष्ट हुनु प¥यो भने केन्द्रीय महाधिवेशन कार्यकर्ताबाट चयन हुने एउटा विधि र प्रक्रिया हो । त्यो विधि र प्रक्रिया सबैले मान्नुपर्दछ । विगतमा कांग्रेस विभाजित भयो । एमाले विभाजित भयो । पुनः एकता भयो । त्यसपछि उनीहरुले प्रजातान्त्रिक बिधि र प्रक्रिया माने । त्यहाँ असहमत राख्ने पक्ष पनि हुन्छ । अल्पमतमा पर्ने पनि हुन्छन तर सँगसँगै गएर अर्को महाधिवेशनमा पुन प्रतिस्पर्धा गर्दछन् । हामीले पनि त्यो कुरा स्वीकार्नु पर्दछ । अहिले अधिवेशन गर्न भनेको पनि कार्यकर्ताबाट हामीले नेतृत्व अनुमोदित हुने हो । नछानिनेले अर्को महाधिबेशनसम्म पर्खनु पर्दछ । हार्दाबित्तिकै बाहिरिने वा छुटिने भन्ने छ । अब त्यो सम्भव हुँदैन । अब नेता कार्यकर्ता सचेत छन्, बुझेका छन् । बिधि र प्रक्रिया बुझेका छन् । त्यसैले महाधिवेशनपछि त्यो विधि र प्रक्रिया भन्दा बाहिर गए कार्यकर्ताले त्यसलाई साथ दिँदैनन् ।

विगतको व्यवहार हेर्दा आशंका उठ्न सक्छ तर समयले धेरै कुराको पाठ सिकाउँछ । अहिले राष्ट्रिय समस्या समाधान गर्नसक्ने राष्ट्रिय पार्टीको अभाव भयो भन्दै बलियो राष्ट्रवादी शक्ति बनाउन राप्रपाको एकता भएको हो । अहिले विभाजन होइन एकताबद्ध भई अगाडि बढ्नु पर्दछ र पार्टीको महाधिवेशनपछि हुने स्थानीय निकायको निर्वाचन र संघीय निर्वाचनहरुमा सशक्त रुपले अगाडि बढ्नु पर्दछ भन्ने हो । जुन उद्देश्य हामीले बोकेको छौ, त्यो उद्देश्य पूरा गर्न अब विभाजित भएर होइन एकीकृत भएर अगाडि बढ्नु पर्दछ । त्यस्तै विगतमा जस्तो व्यक्तिका पछाडि भन्दा विचार र पार्टीका पछाडि लाग्ने प्रवृत्ति बढ्दो छ । त्यसैले अब विगतमा जस्तो समस्या हुँदैन । अहिले राप्रपामा धेरै युवाहरु आएका छन् । पञ्चायती पृष्ठभूमिका व्यक्ति मात्र नभई कांग्रेस एमाले छाडेर आउने पनि धेरै युवाहरु छन् । त्यसैले अब कुनै व्यक्तिले छाड्दैमा कार्यकर्ता ऊसँग जाने र अर्को पार्टी बनाउने भन्ने वातावरण अब पार्टीमा छैन ।

पार्टीमा म युवक संगठनको अध्यक्ष छु । त्यसैले पार्टीको नेतृत्वमा युवालाई वैधानिक तरिकाले नै जाने वातावरण बनाउनु पर्दछ भनेर उठाइरहेको छ । यद्यपि यो लागु भएको छैन तर अहिले देशभरिबाट महाधिवेशन प्रतिनिधिमा युवाहरु बढी आएका छन् । युवाहरुलाई नेतृत्वमा पुराउनु पर्दछ । उनीहरुले समेत सचेततापूर्वक युवाहरुलाई स्थापित गर्ने काम गर्दछन् । उनीहरुले पुराना नेताहरु अब पुराना नेता जसको नाम छ तर काम पनि गर्नुृहुन्न उहाँहरुलाई चुन्नु हुन्न । नाम भएका तर काम नगर्नेलाई बिदा गरी युवाहरुलाई अगाडि बढाउनु पर्छ ।

आम पार्टीका प्रतिनिधिले बुद्धि, बिबेक प्रयोग गरेर काम गरेको र काम गर्ने नेता छानौं । त्यसैगरी चुनावमा युवालाई जिताउनु पर्दछ नत्र काम गर्ने जति बाहिर नाम भएका मात्र माथि हुने अवस्था आउछ । अब पार्टीमा युवा पुस्ताको भविष्य सुनिश्चित गर्न युवा पुस्ता नै अगाडि आउनु पर्ने देखिन्छ ।

(राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रथम एकता महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार, राष्ट्रिय प्रजातान्त्रिक युवा संघका अध्यक्ष, राप्रपका युवा नेता प्रकाश रिमालसँग माधव अधिकारीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : बुधवार, फाल्गुण ०४, २०७३ समय : १५:५९:५९ 1724 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi