हाम्रो पहुँचमा खेल दिवसको समापन

नारायण भण्डारी

दाङ । हाम्रो पहुँच माध्यमिक विद्यालय तुलसीपुर ४ ले सञ्चालन गरेको खेल दिवसका अवसरमा आज पनि विद्यालयमा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् । जसअन्र्तगत फुटबल खेलमा कक्षा ९ ले कक्षा १० लाई पराजित गरेको छ । महिलातर्फको ५ सय मिटर दौडमा ममता पुन प्रथम, दुर्गा बस्नेत दोस्रो र सपना सुनार तेस्रो भएकी छन् ।

त्यसैगरी पुरुषतर्फको ५ सय मिटर दौडमा महेश गुरुङ प्रथम, बसन्त भण्डारी दोस्रो र विवेक खनाल तेस्रो भएको खेल शिक्षक दीपक कुमालले जानकारी दिए । यस्तै खेल दिवसका अवसरमा कुर्सी दौड, तातो आलु, गणित दौड, चम्चा दौड, चक्लेट दौड लगायतका प्रतियोगिताहरु सम्पन्न भएका थिए ।

यसैबीच विद्यालयले एक हप्तासम्म सञ्चालन गरेको खेल दिवसको आज एक कार्यक्रमका बीच समापन गरिएको छ । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको अध्यक्षता तथा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । सह–प्रधानध्यापक शिव पुनको सञ्चालनबाट सुरु भएको कार्यक्रममा मावि संयोजक खिमप्रसाद गौतमले स्वागत मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : शुक्रवार, पौष २९, २०७३ समय : २१:३१:०८ 235 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi