सम्वेदनशील सामग्री प्रसारण गरेको भन्दै भारतीय च्यानलमाथि रोक

बीबीसी

ndtvभारतीय समाचार च्यानल एनडीटीभीले वायुसेनाको पठानकोट एयर बेसमा आक्रमण गरेको समाचार सम्प्रेषण गरेकोमा कारवाहीस्वरुप २४ घण्टाको लागि यसको प्रसारणमा पूर्ण रोक लगाएको छ ।

सूचना र प्रसारण मन्त्रालयका अनुसार एनडीटीभी हिन्दीले रणनीतिक रुपमा संवेदनशील सामग्री प्रसारण गरेको भन्दै यसको प्रसारणमा रोक लगाएको बताएको छ ।

यता एनटीभीले आफूमाथि लागेको आरोपलाई खण्डन गर्दै भनेको छ, ‘उक्त प्रसारण निकै सन्तुलित रुपमा गरिएको थियो ।’
गत जनवरीमा भएको उक्त आक्रमणमा ७ भारतीय सैनिक र ६ लडाकूको मृत्यु भएको थियो ।

भारतले उक्त आक्रमण पाकिस्तानी समूह जैस–इ–मोहम्मदले गरेको अरोप लगाएको छ ।

मन्त्रालयका अनुसार आउँदो नोभेम्बर ९ तारिखमा टेलिभिजनको प्रसारण २४ घण्टाको लागि अवरुद्ध गरिनेछ । मन्त्रालयले उक्त च्यानलमाथि हातहतियार र सैनिक विमान भएको स्थान स्पष्ट पारेको आरोप लगाएको छ ।

प्रकाशित मिति : शुक्रवार, कार्तिक १९, २०७३ समय : १३:०७:४४ 1003 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi