हापुर रमनामा विजयादशमीको अवसरमा खेल महोत्सव

पहिलोपेज

khel_atalघोराही । विजया दशमीको अबसरमा हापुरको रमनामा अटल युवा क्लवले खेल महोत्सव आयोजना गरेको छ । एक हप्तादेखि जारी खेल महोत्सवको आइतबार औपचारिकरुपमा समापन गरिएको छ । महोत्सवको अबसरमा महिला र पुरुष गरी करिव १ सय ५० बढी खेलाडीहरुले विभिन्न प्रतियोगितामा सहभागिता जनाएका थिए ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नम्वर ५ का प्रमुख सविन प्रियासनले खेलले मानिसको व्यक्तित्व र क्षमता बृद्धि गर्ने चर्चा गर्दै खेललाई महोत्सवकै रुपमा विकास गर्नु सकारात्मक कार्य भएको चर्चा गरेका थिए ।

क्लवका अध्यक्ष राजकुमार भण्डारीको अध्यक्षता एवं पत्रकार प्रियासनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस त्रिपुर नगर सभापति दीपक पाण्डेय, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, जिल्ला अध्यक्ष प्रेम शर्मा, नेपाली कांग्रेसका बासुदेव गौतम, गढिटाकुरा महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ईश्वरा बस्नेत, दाङ युवा मञ्चका कोषाध्यक्ष कृष्णदेव थापा, अस्थायी प्रहरी पोष्टका इञ्चार्ज केशर धामी लगायतकाले बोलेका थिए ।

प्रतियोगितामा बिजयी खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । सो अबसरमा खेल संयोजक टीका थापा, क्लवका सचिव शक्तिराम वली, श्रीधर भण्डारी, तारा बुढाले खेलहरुको बारेमा प्रकाश पार्नुभएको थियो । भलिबल, हाइजम्प, लम्जम्प, कुर्सीदौड, सर्टफूट, लंगफूट, दौडलगायतका खेलहरु भएका थिए । सो अबसरमा कलाकारहरुले गीत, नृत्य समेत प्रस्तुत गरेका थिए । क्लवले हापुरको रमनालाई खेल गाउँका रुपमा विकास गर्ने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : आइतवार, आश्विन २३, २०७३ समय : १९:१३:०१ 1156 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi