रुकुमको सबैभन्दा धेरै राशीको “रुकुमकप फुटबल” कार्तिकमा

गणेश वली

footbalरुकुम । रुकुम जिल्लाको सबैभन्दा धेरै राशी पुरस्कार भएको łरुकुम कप फुटबल’को दोस्रो संस्करण आगामी कार्तिकमा हुन लागेको छ । रुकुममा भलिबल लगायत अन्य खेलहरु हुने भए पनि फुटवलको प्रतियोगिता भने कमै मात्रामा हुन्छन् । समृद्ध समाज नेपाल रुकुमले जिल्लाकै सबैभन्दा ठूलो राशीको फूटवल प्रतियोगिता राखेपछि फुटबल खेलाडीहरुमा हौसला र प्रेरणा मिलेको स्थानीयको भनाई छ ।

आगामी कार्तिक ७ गतेदेखि ११ गतेसम्म रुक्मिणी सहिद स्मृति रङ्गशाला रुकुमकोटमा प्रतियोगिता हुन लागेको हो । अघिल्लो वर्षबाट सुरु भएको यस प्रतियोगिताको दोस्रो संस्करण व्यवस्थित रुपमा सञ्चालन गर्नेगरी प्रतियोगिताको तयारी थालिएको आयोजक समृद्ध समाज नेपालका कार्यवाहक अध्यक्ष राजु लामिछानेले जानकारी दिए । प्रतियोगिता सफल पार्न आयोजकका साथै सम्पूर्ण रुकुमकोटवासी पनि कम्मर कसेर लागेका छन् । प्रतियोगिताको डिभेन्डिङ च्याम्पियन मुसिकोट १ सल्लेको शिद्ध गुफा युथ क्लव हो ।

प्रतियोगिताको विजेतालाई गतवर्ष ६० हजार नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने यस वर्ष यसलाई बढाएर ८० हजार पु¥याइएको आयोजकको भनाई छ । यसैगरी उपविजेताले ५० हजार नगद प्राप्त गर्दा सेमिफाइनलसम्म पुग्ने २ टिमलाई २०÷२० हजार नगदसहित पुरस्कृत गरिने लामिछानेले जानकारी दिए । यसैगरी प्रतियोगिता अवधिभर प्रदर्शन गरेको खेल र अनुशासनलाई आधार बनाएर बेष्ट प्लेयर, बेष्ट स्कोरर, बेष्ट डिफेन्डर, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र वेष्ट प्लेयर छनौट गरिने अध्यक्ष सुवोध शेर्पाइलीको भनाई छ । बेष्ट प्लेयरलाई ५ हजार तथा अन्यलाई जनही नगद ३÷३ हजार प्रदान गरिने छ ।

यस प्रतियोगिताका लागि रुकुम जिल्लामा दर्ता भएका क्लबहरुले मात्र सहभागी हुन पाउने छन् । विगतका वर्षहरुमा खेलाडी पनि जिल्लाभित्रकै हुनेपर्ने प्रावधानलाई भने परिवर्तन गरेर स्थानीय कलबले बाहिर जिल्लाका खेलाडी राखेर पनि खेल्न सक्ने गरी नियम बनाइएको शेपाईलीको भनाई छ । प्रतियोगिताको दायरालाई फराकिलो बनाउन र बाहिर जिल्लाका खेलाडीसँग खेल्दा स्थानीयको पनि खेल क्षमता विकास हुने उद्देश्यले यस्तो गरिएको उनको भनाई छ ।

प्रकाशित मिति : बिहिवार, आश्विन २०, २०७३ समय : १९:०५:३४ 1760 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi