रुकुममा क्षेत्रीय खेलकुदका लागि को को खेलाडी छानिए ? (नामसहित)

धनकुमार शाही

rukum_khel-2रुकुम । जिल्ला खेलकुद विकास समिति रुकुमले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म सञ्चालन हुने क्षेत्रीय खेलकुद प्रतियोगिताका लागि विभिन्न खेलका जिल्ला खेलाडीको घोषणा गरेको छ । महिला, पुरुष भलिबल, पुरुष फुटबलसहित मार्सल आर्ट अन्तरगतका विभिन्न खेलका खेलाडीहरुको घोषणा गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख छविलाल केसीले जानकारी दिए ।

कुन खेलमा कुन खेलाडी छनौट भए  ?
पुरुष फुटबल
भागीराम बोहराको कप्तानीमा १८ सदस्यीय फुटबलको पुरुष टीमको घोषणा गरिएको छ । जसको उपकप्तानमा मनोहर ढकाल रहेका छन् । टीमका सदस्यहरुमा प्रेम बोहरा, प्रभात बोहरा, पिटर जीएम, दीपेन्द्र केसी, नरेन्द्र बोहरा, सचिन विक, रविन खड्का, अर्जुन तुलाचन, लालबहादुर अधिकारी, रेशम बोहरा, निराजन बोहरा, सञ्जय बीसी, किरण केसी, खुमबहादुर ढकाल, खुमन बुढामगर र असेच मल्ल रहेका छन् । उत्सव गिरी, रमेश बोहरा, संगीत तुलाचन, अक्षय गौतम र प्रेम ददेल भने बैकल्पिक खेलाडी चयन भएका छन् ।

पुरुष भलिबल
अन्य खेलको तुलनामा बढी आश गरिएको पुरुष भलिबलको जिल्लास्तरीय टीमको नेतृत्व डिलाराम ओलीले गर्नेछन् । २०६८ सालमा भएको क्षेत्रीय खेलकुद प्रतियोगीतामा रुकुम मध्यपश्चिम च्याम्पियन भएकाले यो पटक पनि जिल्लाले पुरुष भलिबलमा ठूलो आश गरेको छ । पुरुष भलिबलको उपकप्तानको जिम्मेवारी नरेन्द्र खड्काले पाएका छन् । १३ सदस्यीय टीमका अन्य खेलाडीहरुमा राजेन्द्र शाही, दीपक कुसारी, नवराज मल्ल, भीमप्रकाश विक, लक्ष्मण खड्का, कविराम बुढाथोकी, प्रकाश चन्द, लक्ष्मण मल्ल, गणेश शाही, तेजविक्रम बुढा र पवन शाही रहेका छन् ।rukum_khel-1

महिला भलिबल
महिला भलिबलको कप्तानीको जिम्मेवारी भने तारा चन्दलाई दिइएको छ । उपकप्तानमा तुलसा खड्का रहेका छन् । १४ सदस्यीय टोलीमा सपना विक, ऋतु चन्द, सीता रावल, सीता बुढाथोकी, तारा शाही, तुलसा खड्का, मीना घर्तीमगर, अणु मल्ल, लालकुमारी मल्ल, मुना रावल, रमिला बोहरा र अञ्जली बुढा चयन भएका छन् ।

मार्सल आर्ट अन्तरगत
तेक्वान्दो पुरुष तर्फः–
५०–५४ के.जी. सुनिल परियार, ५४–५८ के.जी. कमल बुढा, ५८–६३ के.जी. विवेक विश्वकर्मा, ६३–६८ के.जी. कमल बोहरा, ६८–७४ के.जी दीपक रावल, ७४–८० के.जी. गोपीलाल शर्मा र ८० के.जी. माथिको तौल समूहमा रेशम रहेका छन् ।

महिलातर्फः–
४३–४६ के.जी. रमिला बुढामगर, ४६–४९ के.जी. मनिषा परियार, ४९–५३ के.जी. भावना परियार र ६२–६७ के.जी. सुमित्रा केसी रहेका छन् ।

सितेरियो कराते
महिलातर्फः–
५० के.जी. मदन रोका, ५५ के.जी. रोशन विक, ६० के.जी. विजय बुढा, ७५ के.जी. नरेन्द्र यरी, ६८ के.जी. विवसन गहतराज र ८० के.जी. माथि सुवास बिष्ट छनौटमा परेका छन् ।

पुरुषतर्फः–
४५ के.जी. प्रेमकुमारी विक, ५० के.जी. तुलसा विक र ६० के.जी. रेश्मा शाही परेका छन् ।

पुरुष एकल काताः–
अर्जुन केसी चयन भएका छन् ।

टीम काताः–
बमबहादुर थापा, तारा रावल र अनुपम बुढा पनि छनौटमा परेका छन् ।
महिला एकल काताः–
प्रेमकुमारी बिक छनौटमा परेका छन् ।

उसुः–
४८ के.जी. रविन सुनार, ५२ के.जी. राकेश सनार, ५६ के.जी. टीकाराम बोहोरा, ५७ के.जी. कपिलवावु सोनी, ६२ के.जी. कृष्ण सुनार र ७० के.जी. अनिलसुनार पनि छनौटमा परेका छन् ।

प्रकाशित मिति : सोमवार, आश्विन १७, २०७३ समय : १९:१२:११ 2405 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi