फाउन्डेशन खोलेरै समाजसेवामा होमिइन् झरना

उदय जीएम

jharana_homeदाङ । अमेरिकामा बस्दै आएकी सामाजिक अभियन्ता झरना शेर्पाले फाउण्डेशन खोलेरै समाज सेवामा होमिएकी छन् । उनले विगत केही बर्षदेखि एकल अभियान सञ्चालन गरी त्यसबाट उठेको रकमबाट बिभिन्न सामाजिक कार्य एवं परोपकारी काम गर्दै आएकी थिइन् ।

फेसबुकबाटै कुनै विशेष घटना वा मुद्दामा सहयोग संकलन अभियान सञ्चालन गरी उक्त रकमबाट सो काम फत्ते गरेको जानकारी दिँदै सहयोग अभियानलाई अगाडि बढाएकी थिइन् । अब भने उनले औपचारिकरुपमै “झरना फाउण्डेशन”को स्थापना गरी त्यसमार्फत समाजसेवामा लाग्ने घोषणा गरेकी छन् ।

एकल प्रयासबाट मात्र धेरै काम सम्भव नहुने भएकाले फाउण्डेशन नै स्थापना गरेको बताइन् । झरना फाउण्डेशनमा अध्यक्ष झरना शेर्पा नै रहेकी छन् । त्यस्तै, फाउण्डेशनको उपाध्यक्ष अनुपा शेर्पा, कोषाध्यक्ष छिरी शेर्पा, सचिव प्रेम लामा, सदस्य टुण्डु लामा रहेका छन् । त्यस्तै सल्लाहकारमा वाङ्गेल शेर्पा, जिन्पा शेर्पा र सान्गे निर्बु रहेका छन् ।

आफु समेत प्रत्येक सदस्यहरुबाट प्रति महिना १० डलर दुई बर्षसम्म उठाउने तथा अन्य सहयोगी मनहरुसँग समेत अनुरोध गरी कोष खडा गरिने झरनाले बताइन् । देश तथा बिदेशमा दुःख तथा आपतमा परेका नेपालीहरुलाई सहयोग गर्नु फाउण्डेशनको मुख्य उद्देश्य रहेको अध्यक्ष झरना शेर्पाले बताइन् ।

झरना शेर्पाबारे थप यहाँ पढ्नुहोस्
अरुको लागि जिउनु पो जिन्दगी : झरना शेर्पा

 

#झरना शेर्पा

प्रकाशित मिति : शुक्रवार, आश्विन १४, २०७३ समय : २१:०३:०६ 5230 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi