मोरक्कोमा धार्मिक नेता र एक महिला आपत्तिजनक अवस्थामा पक्राउ

एजेन्सी

आपत्तिजनक अवस्थामा भेटिएका भनिएका बेनहमद र नेजिर
आपत्तिजनक अवस्थामा भेटिएका भनिएका बेनहमद र नेजिर

मोरक्को । महिलाहरुलाई पतिव्रता र संयमताको पाठ पढाउने दुई धार्मिक नेताहरु मोरक्कोमा सार्वजनिकरुपमा नै आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् । पक्राउ परेकी महिलाले अन्य पहिलाहरुलाई बारम्बार पतिव्रता र संयमताको उपदेश दिँदै आएकी थिइन् ।

मोरक्कोको राजधानीदेखि करीव ६४ किलोमिटरको दूरीमा रहेको स्थानमा धार्मिक नेता उमेर बेनहमद र फातिमा नेजर आपत्तिजनक अवस्थामा भेटिएको समाचार एजेन्सीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार उनीहरु कारमा आपत्तिजनक अवस्थामा भेटिएका थिए । बेनहमद ६३ वर्षका छन् भने नेजर ६२ वर्षकी । समाचारअनुसार पक्राउ परेका दुबैजना इस्लामिक युनिटी एण्ड रिफर्म मुभमेण्टका नेता हुन् ।

समाचार साइट न्युयोर्क पोष्टका अनुसार उनीहरु रिफर्म मुभमेण्टका उपाध्यक्ष पदमा कार्यरत थिए । उनीहरु दुबैजनालाई नेताहरुको आकस्मिक बैठकले निलम्बन गरेको बताइएको छ । पार्टीका वरिष्ठ नेताहरुले दुबैजनाले पार्टीको नियमलाई उल्लंघन गरेको आरोप लगाएका छन् । बेनहमद सात बच्चाका पिता रहेको बताइएको छ ।

उता, नेजरका ६ वटा बच्चा छन् र उनी विधवा हुन् । यद्यपि बेनहमद र नेजरले भने आफूहरुमाथि राजनीतिक षडयन्त्र भएको दावी गरेका छन् । मोरक्कोको कानूनअनुसार यस्तो कार्यमा संलग्नलाई १ वर्षको सजाय हुनसक्छ ।

प्रकाशित मिति : शुक्रवार, भाद्र १०, २०७३ समय : १६:३६:३९ 1916 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi