हाकिमबाट प्रमोशन भएर खरिदार हुने कहिले ?

लल्लुराम

Hakim ki Shrimatiएकजना भन्सारका खरिदार र एकजना हुलाकका हाकिमका परिवार नजिकै बस्दा रहेछन् । भन्सारका खरिदारकी श्रीमतीको तामझाम, चुरीफुरी, चकचकी, रवाफ, गरगहना इत्यादि देखेर एक दिन हुलाकका हाकिमकी श्रीमतीले श्रीमानसँग भनिछन् :

श्रीमती : हैन बूढा ? हजुरको प्रमोशन भएर खरिदार हुने कहिले हो ?
हाकिम : (अचम्म मान्दै) किन र बूढी ?
श्रीमती : खरिदारले त्यत्रो धनसम्पत्ति जोडेका छन् । उसकी श्रीमतीको चुरीफुरी हेरिसक्नु छैन । हजुरको पनि प्रमोशन भएर खरिदार भएपछि कति मज्जा हुन्थ्यो है ?

श्रीमान : उफ !!!!!!!!

 

रमाइला रमाइला जोकका लागि यहाँ क्लिक गर्नुहोला ।

प्रकाशित मिति : सोमवार, भाद्र ०६, २०७३ समय : २२:००:१५ 5463 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi