आतंकवादी संगठन आइएसमा भर्ती हुन हिडेकी महिला पक्राउ

एजेन्सीहरु

Indian womanनयाँ दिल्ली । आतंकवादी संगठन आइएसमा भर्ती हुन हिडेकी एक २८ वर्षीया महिलालाई भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलमा पक्राउ गरिएको छ । उनी भारतको बिहार राज्यको महिला भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

यास्मीन मुहम्मद नाम गरेकी ती महिला आइएसमा भर्ती हुनको लागि अफगानिस्तान जाँदै गरेकी थिइन् । सोही क्रममा उनी दिल्ली एयरपोर्टमा पक्राउ परेकी हुन् ।

दिल्लीको एयरपोर्टमा आइतबार बिहान यास्मीनलाई सुरक्षा जाँचको क्रममा अध्यागमन बिभागको अधिकारीहरुले हिरासत लिएका थिए । उनले आफ्नो ५ वर्षीय छोरालाई पनि साथसाथै अफगानिस्तान लैजाँदै थिइन् ।

भारतीय मिडियाको अनुसार उनको सम्बन्ध अब्दुल रासिदसँग थियो । रासिद एक महिना अघि भारतको केरलाबाट हराएका २१ बिद्यार्थीको योजनाकार हुन् । ती २१ जना बिद्यार्थीहरु अहिले आइएसमा भर्ती भइसकेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : मङ्गलवार, साउन १८, २०७३ समय : १९:२०:१४ 2728 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi