मैत्रीपूर्ण फुटबलमा एम्बुलेन्स चालक विजयी

पहिलोपेज

Khelदाङ । गोरक्ष यातायात प्रालि दाङको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा एम्बुलेन्स चालकको समूह विजयी भएको छ । प्रालिका गाडी चालक र एम्बुलेन्स चालकहरुबीच शुक्रवार घोराहीमा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा संयुक्त एम्बुलेन्स सञ्चालक संघ विजयी भएको हो ।

प्रालिको चालक समूहलाई शून्यका विरुद्ध २ गोलले पराजित गर्दै एम्बुलेन्स चालकको समूह विजयी भएको हो । जसमा एम्बुलेन्स चालक पोषण भण्डारीले २ गोल गरेका थिए । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा विजेता समूहलाई नगद ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा प्रालिको फुटबल समूहका क्याप्टेन तेजमणि श्रेष्ठलाई उत्कृष्ट खेलाडीको रुपमा प्रमाणपत्र प्रदान गरिएको थियो । गोरक्ष यातायात प्रालिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षता एवं नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगीको प्रमुख आतिथ्यमा पुरस्कार प्रदान गरिएको थियो ।

चालकहरुबीच मैत्रीपूर्ण सम्वन्ध एवं मनोरञ्जनका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आयोजना गरिएको प्रालिका सदस्य सुशील पोख्रेलले जानकारी दिए । प्रालिका उपाध्यक्ष हिमाल खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रालिका सचिव रत्नराम बञ्जाराले गरेका थिए ।

प्रकाशित मिति : शुक्रवार, आषाढ १७, २०७३ समय : २३:०१:१७ 535 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi