अफगानिस्तानमा फेरि आत्मघाती बम आक्रमण : ३० को मृत्यु

एजेन्सीहरु

Kabul_Afaganistanकाबुल । अफगान प्रहरीको बसमा तालिवानले गरेको बम आक्रमणमा परी कम्तिमा ३० जनाको मृत्यु भएको छ । उक्त घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।

बीबीसीले जनाएअनुसार सहरको पश्चिमी भागबाट भर्खरै प्रहरी तालिम सकेर फर्किरहेका प्रहरी क्याडेटहरु चढेको बसहरुमा दुई वटा बम विस्फोट भएको थियो । पाघमान जिल्लाका गभर्नर मुसा खानका अनुसार दुई जनाबाहेक मारिने सबै प्रहरी क्याडेटहरु छन् ।

तालिवानले घटनाको जिम्मेवारी लिएको छ । गत १९ जुनमा काबुलमा नेपाली सुरक्षा गार्ड चढेको बसमा विस्फोट गराउँदा १३ नेपालीसहित १५ जनाको मृत्यु भएको थियो । विहीबार भएको हमलामा पहिलो हमलावरले एउटा बसमा बम विस्फोट गराएका थिए । उद्धारकर्ताहरुले उद्धार गरिरहेको समयमा अर्को हमलावरले विस्फोटक पदार्थले भरिएको कार ल्याएर उनीहरुको सवारीमा विस्फोट गराएको थियो । तालिम सकेर फर्केर प्रहरी क्याडेट छुट्टीमा जान लागेका थिए ।

प्रकाशित मिति : बिहिवार, आषाढ १६, २०७३ समय : १८:३४:५६ 561 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi