गुगल डेभलपर ग्रुप दाङले Google IO Extended 2016 मनायो

पहिलोपेज

Google Group (2)दाङ । गुगल डेभलपर ग्रुप दाङले शनिवार घोराहीस्थित क्रियटिभ टेक्नो सोलुसनमा Google IO Extended 2016 मनाएको छ । न्ययनभि क्ष्इ प्रत्येक वर्ष अमेरिकाको सानफ्रान्सिक्कोमा गर्ने गर्दछ र अन्य देशहरुमा गुगल डेभलपर ग्रुपमार्फत गर्ने गर्दछ ।

यस कार्यक्रममा गुगल आइओको किनोट देखाउनुका साथै गुगलका उत्पादनहरुका बारेमा छलफल गरिएको थियो । त्यसैगरी गुगलको कोडिङ सिजन पनि गरिएको थियो । गुगलका उत्पादनहरु जस्तै गुगल फोटो, गुगल किप, गुगल ह्याण्डराइटिङ इन्पुट, क्रोम ओएस, भीआर कार्डबोर्ड, मसिन लर्निङका बारेमा गुगल डेभलपर ग्रुप दाङका संस्थापक निरज भुसालले डेमो दिएका थिए ।

आइटी क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुलाई फोकस गरी एन्ड्रोइड स्टुडियोको सहायताले कसरी एन्ड्रोड एप डेभलप गर्न सकिन्छ भनि कार्यक्रममा उपस्थित विद्यार्र्थीहरुलाइ ६ वटा ग्रुपमा विभाजन गरेर Developing Android Apps with Android Studio भन्ने २ घण्टे कोडिङ सिजन गरिएको थियो । त्यसपछि विद्यार्थीहरुलाई कागजमा एप बनाउन लगाई उनीहरुको आइडिया शेयर पनि गरिएको थियो ।

दाङलाइ आइटीको क्षेत्रमा थप विकसित गर्न आगामी दिनहरुमा विद्यार्थी, आइटी इन्स्टिच्यूटसँग सहकार्य गरी आगामी दिनहरुमा यस्ता थुप्रै कार्यक्रमहरु संचालन गर्न गुगल डेभलपर ग्रुप दाङ सधै तयार रहने प्रतिवद्धता जनाउँदै ग्रुपका संस्थापक निरज भुसालले सम्पूर्ण सहयोगीहरुलाइ धन्यवाद दिँदै कार्यक्रम सम्पन्न गरेका थिए । गुगलको सहयोगमा भएको सो कार्यक्रममा इसेवा दाङ, क्रियटिभ टेक्नो सोलुसन प्रा.लि. दाङले स्पोन्सर गरेका थिए । यसको मिडिया पार्टनरमा पहिलोपेज डटकम र दाड खबर डटकम थिए ।Google Group (4)

प्रकाशित मिति : शनिवार, आषाढ ०४, २०७३ समय : २१:४५:२१ 714 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi