गुगल डेभलपर ग्रुपको टेक्नोलोजी इभेन्ट

GDG Dangदाङ । गुगल डेभलपर ग्रुप दाङले असार ५ गते दाङको घोराहीमा “गुगल प्लस इभेण्ट” आयोजना गर्न थालेको छ । यसका संस्थापक निरज भुसालका अनुसार गुगल डेभलपर ग्रुप दाङले असार ४ गते दाङको घोराहीमा “Google IO Extended 2016 Dang” आयोजना गर्न थालेको हो । भुसालका अनुसार उक्त इभेण्टमा गुगलका नयाँ टेक्नोलोजी, उत्पादन ब्लगिङ तथा एन्ड्रोइड एप डेभलपमेन्टका विषयमा जानकारी गराइने छ ।

संस्थापक भुसालका अनुसार इभेण्टमा एन्ड्रोइड तथा एन्ड्रोइड एप्स डेभलपको कोडिङ सिजन पनि हुनेछ । क्रियटिभ टेक सोलुसन घोराहीमा असार ५ गते शनिवारका दिन बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म कार्यक्रम हुनेछ ।

यो इभेण्टमा सहभागी हुनका लागि यो लिंक https://gdgdang.blogspot.com/2016/06/google-io-extended-2016-dang-recap.html?m=1 मा गएर दाङ इभेण्टमा फाराम मभर्न सक्नुहुनेछ । यसको मिडिया पार्टनरमा पहिलोपेज डटकम रहेको छ ।

प्रकाशित मिति : बुधवार, आषाढ ०१, २०७३ समय : ११:३५:३७ 613 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi