दाङ महोत्सवमा नृत्य र शोभायात्रा दुबैमा गोरखा स्कूल प्रथम

पहिलोपेज

दाङ, ६ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको दाङ महोत्सव तथा पर्यटन एवं मध्यपश्चिम औद्योगिक कृषि मेला २०७२ को विद्यालयस्तरीय नृत्य प्रतियोगिता र शोभायात्रामा गोरखा इन्टरनेशनल पव्लिक उच्च माध्यमिक विद्यालय घोराही दाङले प्रथम स्थान हासिल गर्न सफल भएको छ । महोत्सवको उद्घाटनका क्रममा निकालिएको शोभायात्रामा उक्त विद्यालयले विभिन्न भेषभूषामा विद्यार्थीहरुलाई सहभागी गराएको थियो ।

शोभायात्राका क्रममा गोरखा स्कूलले थारु, मगर, नेपाली, खेलकुदका पोशाकमा छुट्टाछुट्टै समूह बनाएर सहभागिता जनाएको थियो । मूल्याङ्कन समितिको निर्णयमा विद्यालयले प्रथम स्थान हासिल गरेको हो । त्यसैगरी महोत्व अवधिमा आयोजित विद्यालयस्तरीय नृत्य प्रतियोगितामा जिल्लाका १५ वटा विद्यालयहरुलाई उछिन्दै गोरखा स्कूलले प्रथम स्थान सुरक्षित गरेको हो ।

समापन समारोहका प्रमुख अतिथि माननीय सामान्य प्रशासन मन्त्री रेखा शर्माले उक्त पुरस्कार ग्रहण गर्दै विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीमगर ।
समापन समारोहका प्रमुख अतिथि माननीय सामान्य प्रशासन मन्त्री रेखा शर्माले उक्त पुरस्कार ग्रहण गर्दै विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीमगर ।

महोत्सवको समापनका दिन नृत्य प्रतियोगिता र शोभायात्रामा प्राप्त गरेको प्रथम पुरस्कार वितरण गरिएको थियो । समापन समारोहका प्रमुख अतिथि माननीय सामान्य प्रशासन मन्त्री रेखा शर्माले उक्त पुरस्कार विद्यालयका प्रिन्सिपल मानसिंह घर्तीमगर र विद्यार्थीहरुलाई प्रदान गरेका थिए ।

शोभायात्रामा विद्यार्थीहरु ।
शोभायात्रामा विद्यार्थीहरु ।
शोभायात्रामा विद्यार्थीहरु ।
शोभायात्रामा विद्यार्थीहरु ।
नृत्यका लागि तम्तयार विद्यार्थीहरु ।
नृत्यका लागि तम्तयार विद्यार्थीहरु ।
प्रमाणपत्र प्राप्त गरिसकेपछि नृत्यतर्फ प्रथम भएका विद्यार्थीहरु सामूहिक फोटो खिचाउँदै ।
प्रमाणपत्र प्राप्त गरिसकेपछि नृत्यतर्फ प्रथम भएका विद्यार्थीहरु सामूहिक फोटो खिचाउँदै ।

 

प्रकाशित मिति : शनिवार, चैत्र ०६, २०७२ समय : २०:४२:४२ 1163 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi