भारतमा बन्यो विश्वकै सस्तो स्मार्ट फोन

कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न।

भारतको नोयडामा रहेको द फ्रिडम २५१ नामक मोबाइल कम्पनीले विश्वकै सस्तो स्मार्टफोन बजारमा ल्याएको छ । यस मोबाइल किन्नका लागि भारु २ सय ५१ तिरे पुग्छ । यो मोबाइल किन्न चाहनेले कम्पनीको वेभसाईटमा बिहान ६ बजेदेखी ८ बजेसम्म बुकिंग गर्न सक्छन् । यस मोबाइलका विशेषता यस्ता छन्ः १ यस मोबाइलमा एन्डोइड लिलिपप ५.१ ओएस रहेको छ । यसैले प्राय एप्सलाई सञ्चालन गर्नेछ । २ वेभ ब्राउसिंग छिटो गर्नका लागि यसले ३ जी सर्पोट गर्छ । ३ झन्डै नेपाली मूल्य ५ हजार पर्ने मोबाइलमा हुने ४ इन्चको स्क्रिन यसमा पनि छ । ४ यसमा १ जीबीको र्याम छ , जसका कारण ह्वाट्सएप, फेसबुक, ट्वीटर अन्य एप्स समेत चलाउन सकिन्छ । ५ यस फोनमा ८ जीबीको इन्टरनल मेमोरी छ । यसलाई माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म बढाउन सकिन्छ । तर, रोचक कुरा माइक्रो एसडी कार्डको मूल्य फोनको भन्दा धेरै हुन आउँछ । ६ यसमा क्यामेरा समेत छ । ब्याक क्यामेराको मेघापिक्सल ३.२ छ भने फ्रन्ट क्यामेराको मेघापिक्सल ०.३ । ७ यस मोबाइलको ब्याटि १४५० एमएएच । त्यसैले यो मोबाइलको चार्ज एकदिन टिक्दैन । तर मूल्य अनुसार यसलाई स्वभाविक मानिएको छ । ८ महिला, किसान,माझी र सर्वसाधारणलाई सघाउ पुर्याउनका लागि फोनमा अन्य एप्सहरु इन्स्टल गरिएका छन् किनकी यो मोबाइल भारतको ग्रामीण क्षेत्रका मानिसहरुका लागि लक्षित हो । ९ यो मोबाइल किन्दा १ वर्षको वारेन्टी समेत पाइन्छ । भारतमा ६ सय ५० सर्भिस सेन्टरबाट यो मोबाइल एक वर्ष सित्तैमा मर्मत गर्न पाइन्छ । – See more at: http://www.ratopati.com/news/32310/#sthash.iESWLeLs.dpuf

प्रकाशित मिति : बुधवार, फाल्गुण २६, २०७२ समय : २:२५:३८ 449 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi