४ महिनाकी बच्चीलाई २ महिनामै २० पटक हृदयाघात

कहिलेकाहीँ साँच्चीकै चमत्कार नै हुनेगर्दछ । २ महिनामा २० पटक हृदयाघात हुँदा पनि कोही मानिस आफ्नो प्राण बचाउन सफल हुन्छन् । अझ ४ महिनाकी बालिका यस्तो खतरनाक समस्यासँग जुधेर आफुलाई मृत्युको मुखबाट खोसेर ल्याउन सफल भएकी छिन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्दछ ।

भारतको महाराष्ट्रस्थित सोलापुरमा चार महिनाकी एक बालिका दुइ महिनामा २० पटक हृदयाघात हुँदा पनि बाँच्न सफल भएकी छिन् ।
अदिति गिलबिले नामकी ती बालिकाको हालै मुटुको सर्जरी गरिएको छ र अहिले भने उनको स्वास्थ्यमा सुधार आएको छ । अबको ८।९ महिनापछि भने उनले पूर्णरुपमा सामान्य जिवन बाँच्न पाउने डाक्टरहरुको भनाई छ ।

अदिति जन्मजात नै मुटुसम्बन्धि समस्याबाट पीडित थिइन् । उनमा मुटुका कोशिकाहरुसँग जोडिएको यस्तो दुर्लभ रोग थियो जुन तिन लाख बच्चामा एकजना बच्चामा हुन्छ । यो रोगबाट पीडित भएका मानिसहरुमा मुटुमा हुने रगतको प्रवाह निकै कम हुन्छ र पटक पटक हृदयाघात हुन्छ । मुटु सम्बन्धि रोगबाट पीडित भएका ०.२५ देखि ०.५ प्रतिशत मानिसहरुमा यो समस्या देखा पर्दछ ।

अदिति दुइ महिनाकी छँदा मात्र उनको यो रोग पत्ता लागेको थियो । उनलाई दुइ महिनाभित्रमा २० पटक हृदयाघात भएको थियो । डाक्टरले उनलाई पूणेको सुविधासम्पन्न अस्पतालमा लैजान भनेपछि उनका बुवाआमाले सोही ठाउँमा लगे र अन्ततः उनको गत फेब्रुअरी २१ मा मुटुको शल्यक्रिया भएको छ । अहिले उनी खतरामुक्त रहेको बताइएको छ ।

– See more at: http://www.onlinekhabar.com/2016/03/396555/#sthash.yUMYnazZ.dpuf

प्रकाशित मिति : बुधवार, फाल्गुण २६, २०७२ समय : २:१७:१९ 349 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi