संविधान जारी भएयता डेढ सय विदेशीलाई अङ्गीकृत नागरिकता

२५ फागुन, बाँके ।  नेपालको संविधान जारी भएयता झन्डै १५० विदेशी महिलाले अङ्गीकृत नागरिकता पाएका छन् ।

nagariktaजिल्ला प्रशासन कार्यालयको तथ्याङ्कानुसार संविधान जारी भएको असोज ३ गतेपछि जिल्लामा १४१ विदेशी महिलाले नेपाली नागरिकता पाएका हुन् ।

संविधानको धारा १० को उपधारा ६ मा नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा सङ्घीय कानुन बजोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्ने व्यवस्था छ ।

त्यस्तै उपधारा ७ मा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुलुकको नागरिकसँग विवाह गरेको नेपाली महिलाबाट जन्मिएको व्यक्तिका हकमा निजले नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने उसले सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

नेपाली नागरिकता पाउनेमा नेपालीसँग विवाह गर्ने भारतीय चेली हुन् । नेपालीसँग विवाह गरेका भारतीय चेलीले वैवाहिक अङ्गीकृत नागरिकता धमाधम लिन थालेपछि नयाँ संविधानबारे उत्पन्न भ्रम पनि बिस्तारै हट्न थालेको छ ।

नेपालगन्जकी अप्सना बेहनाले अङ्गीकृत नागरिकता प्राप्त गरेपछि भनिन् “नेपालीसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता पाउँदैनन् भनेर हल्ला चलाइएको थियो, त्यो गलत रहेछ ।” रासस

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २५, २०७२ समय : १५:२२:०७ 353 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi