कांग्रेस महामन्त्रीमा शशांक कोइरालाको जित सुनिश्चित

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा शशांक कोइरालाको जित सुनिश्चित भएको छ । जारी मत गणनामा अर्जुननरसिंह केसी दोस्रो र गगन थापा तेस्रो स्थानमा रहे ।

आइतबार भएको निर्वाचनको मत गणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांक अगाडि छन् । अब  २४८ मत मात्र गणना हुन बाँकी छ र शशांकले ३ सय बढीकै अग्रता लिएका छन् ।

२९ सय मत गणना हुँदा शशांकले १ हजार २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका अर्जुन नरसिंह केसीले ९६० मत पाएका छन् भने गगन थापाले ५१२ मत ल्याएका छन् ।

निर्वाचनमा ३ हजार १४८ मत खसेको थियो ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण २५, २०७२ समय : १५:२०:२४ 293 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi