उदय जीएम

सम्पादक  फेसबुक । ट्वीटर

उदय जीएम
उदय जीएम

२०५२ देखि सक्रिय पत्रकारिता थालेका जीएमले ६ वर्षसम्म मध्यपश्चिमाञ्चलमा लोकप्रिय नयाँ युगबोध दैनिकको सहसम्पादकको भूमिका निर्वाह गरे । राजधानीबाट प्रकाशित अन्नपूर्णपोष्ट दैनिकको स्थापनाकालदेखि १३ वर्षसम्म दाङ समाचारदाताको रुपमा काम गरेका जीएमले विभिन्न साप्ताहिक, द्वैमासिक म्यागेजिनहरु, पुस्तकहरु पनि सम्पादन गरेका छन् । उनका विभिन्न विधाका पाँच साहित्यिक कृतिहरु प्रकाशित छन् । त्रिभुवन विश्वविद्यालयबाट उनको विषयमा “उदय जीएमको जीवनी, व्यक्तित्व र कृतित्व” शीर्षकमा शोधपत्र समेत तयार भइसकेको छ । जीएमले लामो समयसम्म विभिन्न अनलाइनहरु सञ्चालन गरेको अनुभव पनि सँगालेका छन् ।